आगामी बुधवार सार्वजनिक बिदा दिने सरकारको निर्णय

आगामी बुधवार सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • बिहिबार, कार्तिक ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ ,११ कार्तिक ।

सरकारले दुई छिमेकी मुलुक भारत र चीनका राष्ट्रप्रमुख नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अबदेखि भारत र चीनका राष्ट्रप्रमुख आउने दिन सरकारी बिदा दिने निर्णय गरेकोसञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

सरकारको निर्णयसँगै आगामी बुधवार भारतीय राष्ट्रपति प्रणब मुखर्जी नेपाल आउने दिन सार्वजनिक बिदा हुनेछ ।

बैठकले मुखर्जी नेपाल आउने दिन कार्तिक १७ गते बुधवार उहाको स्वागतमा सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिनुभयो ।

मुखर्जी यहि १७ गते बुधवार तीन दिने नेपाल भ्रमणका लागी काठमाण्डौ आउदै हुनुहुन्छ । सरकारले छिमेकी मुलुकका राष्ट्रप्रमुख आउदा एक दिन बिदा दिने निर्णय गरेको हो ।

यस्तै बैठकले घरेलु तथा साना उद्योग विकास सञ्चालक समितिमा उर्गेन्द्र आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कार्कीले बताउनु भयो ।

बैठकले सशस्त्र प्रहरीको अहिलेको पिटि ड्रेस परिवर्तन गरी सेतो बनाउने पनि निर्णय गरेको छ । मन्त्रीपरिषदबाट थानकोट–चित्लाङ गणेशमान मार्गको स्तरोन्नति गर्ने निर्णय पनि भएको कार्कीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ