डेंगुको परिक्षण गर्ने किटको अभावले उपचार प्रभावित

डेंगुको परिक्षण गर्ने किटको अभावले उपचार प्रभावित

  • बिहिबार, कार्तिक ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, कात्तिक ११।
डेंगुको प्रकोप फैलिँदै गए पनि परीक्षण गर्ने किटको अभावले उपचार प्रभावित भएको छ । तत्कालका लागि किट खरिद गरी हिजो नै ल्याउने बताइए पनि किट आइपुग्न सकेको छैन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज एक हजार थान किट आउने दाबी गरेको छ । तर यो सबै ठाउँका लागि पर्याप्त भने हुने छैन ।

किट अभावका कारण डेंगु रोग लागेको आशंका गरिएका व्यक्तिको रगत परीक्षण समेत हुन सकेको छैन । तराइका सबैजसो जिल्लामा डेंगुको संक्रमण भएको हुन सक्ने आशंका गरिएपनि परीक्षण भएको छैन ।

डेंगु रोग चितवन, झापा, पर्सा, काठमाण्डू, ललितपुर, रुपन्देही, कैलाली, धादिङ, काभ्रे, कास्की, स्याङ्जा, बागलुङ, बारा, सप्तरीलगायत १६ जिल्लामा देखिसकेको छ ।

यस्तै पहाडी जिल्लामा पनि डेंगुको संक्रमणको खतरा रहेको डा. शेरबहादुर पुनले बताउनुभयो । लामखुट्टे सक्रिय भइरहेकाले पहाडी क्षेत्रमा पनि डेंगुको खतरा उच्च रहेको उहाँले बताउनुभयो ।

एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइका कारण डेंगु रोग लाग्ने गर्दछ । घर आँगनमा जमेको पानी हटाउन र लामखुट्टेको टोकाइबाट बँच्न डाक्टरले सुझाव दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ