कर्तिक १० काठमाण्डौं । सत्तारुढ तथा प्रमुख बिपक्षी दलले लोकमान सिंह कार्कीको विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावलाई सहमतिमा टुंगो लगाउने निर्णय गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज साझ सम्पन्न प्रमुख तीन दलको बैठकले यस्तो निर्णय गरेको नेताहरुले बताएका छन् ।
बैठक पछि काग्रेस सभापति शेर बहादुर देउवाले लोकमानसिंह कार्की विरुद्धको महाअभियोग , सविधान ससोधन र कार्यन्वयन जस्ता विषयमा छलफल भएको जानकारी दिनु भयो ।
उहाले मधेशी मोर्चाको माग वार्ताबाट समाधान गर्ने विषयमा पनि कुराकानी भएको बताउनु भयो ।
प्रधानमन्त्रीको आव्हानमा काग्रेस , एमाले र माओवादीका शीर्ष नेताहरुको बैठक बसेको हो ।
स्रोतका अनुसार जे जस्तो भए पनि सदनमा आएको प्रस्तावलाई अब सहमतिका साथ टुंग्याउनु पर्नेमा जोड दिएको बताईएको छ ।
एमाले पूर्णतः लोकमान सिंह कार्की विरुद्धको प्रस्ताव पारीत गराउने पक्षमा छ भने माओवादीले पनि महाअभियोग प्रस्तावकै पक्षमा जाने निर्णय गरेको छ ।
तर काग्रेसले आफ्नो दललाई सोध्दै नसोधी प्रस्ताव आएको भन्दै अब संसदीय दलको बैठकबाट मात्रै टुंगो लगाउने बताउदै आएको छ ।