काठमाडौं, १० कार्तिक । मकवानपुर हेटौंडाको नापी कार्यालय रहेको घरमा आगलागी भएको छ । आगलागी भएपछि घरमा रहेका १९ जना भाग्ने क्रममा घाइते भएका छन् । उनीहरु दोस्रो तल्लाबाट हाम्फाल्दा घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेको हेटौंडा र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ । प्रहरी, हेटौंडा नगरपालिकाको दमकल र स्थानीया बासिन्दाले आगो निधाउने प्रयास गरिरहेका छन् । आगलागीबाट केही कागजात जलेका छन्। प्रहरीले कार्यालयभित्रका आवश्यक कागजातलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाएको छ।
नापी कार्यालय रहेको घरको तल्लो तल्लामा ग्यास सिलिण्डर पसलबाट ग्यास लिक भएर आगलागी भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline