काठमाडौं, १० कात्तिक । सिंहदरबार नजिकै रहेको विद्युत प्राधिकरणको पोलमा आगलागी हुँदा त्यस क्षेत्रमा विद्युत आपूर्ती बन्द भएको छ ।
आज बिहान साढे ११ बजे अनामगरस्थित विद्युत प्राधिकरणको तारमा एक्कासी आगलागी भएपछि विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत प्रवाह भइरहेका बेला तार बेरेको स्थानमा एक्कासी आगो बलेको प्रत्यक्षदर्शीले बताए।
प्राधिकरणसँगै नेपाल टेलिकम, केबुल अपरेटर तथा इन्टरनेट सेवा प्रदायकहरुले अव्यवस्थित रुपमा तार टाँग्दा विद्युत सट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
तारमा आगो सुरु भएलगत्तै प्रहरीले आगो निभाउन ग्यासको प्रयास गरेपनि तार पुरै नष्ट भएको छ ।
विद्युत प्राधिकरण नो लाइट रत्नपार्क शाखाका अनुसार प्राविधिक टोलीले मर्मत शुरु गरेपनि दिनभर विद्यत सेवा अवरुद्ध हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline