कार्तिक १० नवलपरासी । नवलपरासीको कठहवा नाका हुँदै भारत बाट अबैध रुपमा ल्याउदै गरेको अनुमानित ६० हजार बराबरको तयारी अवस्थामा रहेको कुखुरा शस्त्र प्रहरी बोर्डर अाउट पोष्ट गुठी परसौनी को टोली पक्राउ गरि महेशपुर पशु क्वारेन्टाइन चेकपोस्ट का सेवा अधिकृत गिरीराज पौडेल, पत्रकार , स्थानियहरुको रोहबरमा नष्ट गरेको छ ।
शस्त्र प्रहरी बोर्डर अाउट पोष्ट गुठी परसौनी का इन्सपेक्टर पदम बहादुर पुन अनुसार विशेष सुराकीको अधारमा कुखुरा पक्राउ गरिएको बताउदै कुल कुखुरा तौल अन्दाजी तीन क्विन्टल रहेको समेत जानकारी दिनु भएको छ ।
नवलपरासीको दक्षिणी भारतीय सिमावर्ती क्षेत्र बाट अबैध रुपमा कुखुराको चल्ला र कुखुराहरु भित्रने गरेको समाचार विभिन्न संचार माध्यम मा अाएपछि सिमा क्षेत्रमा चेकजामा तिब्रता देखाएको छ ।
अहिले पनि जिल्लाको कतिपय नाकाबाट अबैध रुपमा कुखुरा र कुखुराको चल्ला प्रहरीको मिलोमतोमा नेपाल भित्रने गरेका स्थानियहरुले बताउछन् ।






