थामखर्क विमानस्थल महिनौ देखि अवरुद्ध हुदा सेवागा्रही मारमा

थामखर्क विमानस्थल महिनौ देखि अवरुद्ध हुदा सेवागा्रही मारमा

  • बुधबार, कार्तिक १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमान्डौ कात्तिक १० ।  

खोटाङको थामखर्क विमानस्थल पाँच महिनादेखि अवरुद्ध हुदाँ सेवाग्राही मर्कामा परेका छन् । वर्षाका कारण गत असार महिनाको पहिलो हप्तादेखि सो विमानस्थल अवरुद्ध भएको थियो ।

विमानस्थलमा उडान नहुँदा खोटाङको दक्षिणी क्षेत्रका बासिन्दा मर्कामा परेका छन् । बढी सेवा लिने गरेका दक्षिणी क्षेत्रका २० गाविस र छिमेकी जिल्ला भोजपुरका केही गाविसका बासिन्दाहरु मर्कामा परेका हुन् ।

विमानस्थल सञ्चालन नहुँदा दसैँतिहार मान्न घर आउने र जाने यात्रु तथा तत्काल सुविधा सम्पन्न अस्पताल र्पुयाउनुपर्ने बिरामी सबैभन्दा बढी मर्काको चपेटामा परेका छन् ।

लगातारको वर्षाका कारण धावनमार्गमा समस्या रहेको भन्दै प्राधिकरणले उडान भर्न आनाकानी गर्दै
आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ