काठमान्डौ कात्तिक १० ।
कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले भुकम्प पिडितका लागि भन्दै सिन्धुपाल्चोकको गिरानचौरमा निर्माण गरेको नमुना बस्ती आगमी शुक्रबार हस्तान्तरण गर्ने भएका छन् ।
काभ्रेको पहरी गाउँमा २० एकीकृत बस्ती निर्माणबाट प्रेरणा पाएका कलाकार जोडी धुर्मुस सुन्तलीले गिरानचौरमा दोस्रो चरणको नमुना बस्ती निर्माण गरेका हुन्।
धुर्मुस–सुन्तली फाउण्डेसनले आर्थिक अवस्था कमजोर भएका समुदायको पहिचान गरी तामाङ समुदायलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने गरी मेलम्ची नगरपालिका–८ स्थित ३० रोपनी क्षेत्रफल जग्गामा ६५ वटा भवन, पाँच बालोद्यान र एउटा खेलकुद मैदान सहितको एकीकृत बस्ती निर्माण गरेको हो ।
क्लिन सिटी र ग्रिन सिटीको अवधारणा सहित अपाङ्गमैत्री, बालमैत्री र वातावरणमैत्री सहितको भूकम्प प्रतिरोधात्मक भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका, भवन विभागसँग समन्वय गरी निर्माण गरिएको हो ।
६५ घरधुरीका एक–एक तथा दैनिक ज्यालादारी काम गर्ने ३१ र अन्य विभिन्न संघसंस्थाबाट स्वयंसेवक गरी एक सय जनाको दैनिक श्रमबाट बस्ती निर्माण गरिएको कलाकार कट्टेलले बताउनुभयो ।