भक्तपुर, ९ कात्तिक । मध्यपुर थिमि चोक नजिकै आकासे पुलमुनि नम्बर नखुलेको गाडीले ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार चाँगुनारायण नगरपालिका– १७ झौखेल घर भई हाल जगाते बस्ने वर्ष ५४ का हरि माकजूको गाडीले ठक्कर दिँदा उपचारका क्रममा मध्यपुर अस्पतालमा गएराति मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टका अनुसार ठक्कर दिएर भागेका सवारी र सवारी चालकको खोजी भइरहेको छ ।
मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline