काठमाण्डौ ,९ कार्तिक ।
स्वास्थ्यमन्त्री समेत रहनुभएका कंग्रेस सांसद गगन थापाले लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख नियुत्ती गर्नको कारणबारे स्पष्ट पार्न माग गर्नुभएको छ ।
महाअभियोग प्रस्ताव टुङ्गो लगाउनुअघि अख्तियार प्रमुखमा कार्कीको नियुक्ती कस्को दवावमा कसरी गरिएको थियो भन्ने समेत समिक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।
आगामी दिनमा हामिले आफ्नो निर्णय आफै गर्न सक्छौं कि सक्दैनौं भन्ने प्रश्नको जवाफ पनि खोज्नुपर्ने भन्दै थापाले प्रस्तावक र समर्थक साथीले सहमतिको वातावरण बनाउनुपर्ने बताउनुभयो ।
महाअभियोग प्रस्तावले सबै दललाइ एकठाउँमा उभिने वातावरण बनिरहेको भन्दै उहाँले प्रस्ताव कसले पहिले ल्यायो भन्ने बिषय ठुलो नभएको बताउनुभयो ।
आगामी दिनमा अख्तियार कस्तो बनाउने र भ्रष्टाचार बिरुद्ध कसरी अघि बढने भन्नेबारे पनि दलहरुबीच अब छलफल आवश्यक रहेको भन्दै थापाले सबै दल एक ठाउँमा उभिएर प्रस्ताव पारित गर्न आग्रह गर्नुभयो ।