लोकमानको बिषयमा हामि कुनै निर्णय गर्दैनौ : यादव

लोकमानको बिषयमा हामि कुनै निर्णय गर्दैनौ : यादव

  • मङ्लबार, कार्तिक ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौ, ९ कार्तिक ।
मधेशी मोर्चा आवद्ध दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावमा आफ्नो पार्टीको कुनै सरोकार नभएको बताउनु भएको छ ।

प्रेस फोरम धनुषाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँल कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्त गर्ने दलले नै अहिले महाअभियोग लगाउनुको कारण स्पष्ट नभएको उहाले बताउनुभयो ।

कार्कीमाथि लगाएको महाअभियोगको कारण अझै अस्पष्ट रहेको र दर्ता गराउने दलले त्यस विषयमा आफूहरुसँग कुनै छलफल नगरेकाले यसमा कुनै सरोकार नरहेको यादवको भनाई छ ।

महाअभियोगलाई बहाना बनाएर संविधान संशोधन प्रक्रियामा बाधक बने आन्दोलनमा जाने उहाँले चेतावनी समेत दिनुभएको छ । सहमतिअनुसार छठसम्म संविधान संशोधन विधेयक नआए नयाँ जनक्रान्तिसहित आन्दोलनमा जाने अध्यक्ष यादवले बताउनु भयो ।

संविधान संशोधन नभए मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलित, महिला लगायत उत्पीडनमा परेकाहरु ठूलो विद्रोह गर्ने अवस्थामा रहेकाले सत्तारुढ दललाई सचेत हुन उहाले आग्रह समेत गर्नुभएको छ ।

अध्यक्ष यादवले स्वायत शासन प्रादेशिक संरचनासहितको श्रोत साधनमा समानुपातिक समावेसी ढंगबाट सहभागिता हुने लगायतका संविधानमा भएको विभेद अन्त्य नभएसम्म आफूहरुलाई यो संविधान कुनैपनि हालतमा मान्य नहुने दोर्होयाउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ