काठमाण्डौ ,८ कार्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सम्वत्लाई मौलिक पहिचान सहित स्थापित गर्न सरकार गम्भीर रहेको बताउनु भएको छ ।
नेपाल सम्वत् ११३७ राष्ट्रिय समारोह आयोजक समितिका प्रतिनिधिहरुसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले नेपाल संवत् नेपालको मौलिक पहिचान भएको बताउनु भयो ।
नेपाल संव्तको जगेर्ना गर्नुपर्ने भन्दै उहाले आफ्नो पहिचान जोगाउन सबै जुट्न आवश्यक रहेकोमा पनि जोड दिनुभयो ।
भेटमा नेपाल सम्वत् राष्ट्रिय समारोह समितिका प्रतिनिधिहरुले कार्तिक १५ गते उपत्यकामा आयोजना हुने नेपाल सम्वत् ११३७ को कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
टोलीले सो कार्यक्रममा प्रमूख अतिथिको रुपमा प्रधानमन्त्री दाहाललाई सहभागीताका लागी पत्र पनि हस्तान्तरण गरेको थियो ।
नेपाल सम्वत् ११३७ को अवसरमा काठमाडौं, ललितपुर र भक्तपुरमा अलग अलग कार्यक्रमको आयोजना गरिने न्हु दँ समारोहका समितिका अगुवा मोतिलाल शिल्पकारले जानकारी दिनुभयो ।