काठमाण्डौ, ७ कार्तिक । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्तावका पक्षमा उभिएको छ ।
माओवादीका प्रवक्ता हरिभक्त कँडेलले आज जारी गरेको विज्ञप्तिमा कार्कीलाई महाअभियोग लगाएर हटाउनुपर्ने उल्लेख छ ।
’हाम्रो पार्टी सरकार, सत्ता वा सरकारी सेवामा रहेका कुनै पनि व्यक्तिबाट पदको दुरुपयोग तथा भ्रष्टाचार गरिएको स्थितिमा त्यस प्रकारका व्यक्तिहरुमाथि अनुशासनको कारबाही हुनुपर्ने कुरामा दृढ रहेको कुरा यसै वक्तव्यमार्फत सार्वजनिक गर्दछ ।” विज्ञप्तिमा भनिएको छ ।
यस्तै अख्तियार प्रमुख कार्की्बिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गराउन सबै सांसदसमक्ष मानव अधिकार तथा शन्ति समाजले पनि अपील गरेको छ । समाजका अध्यक्ष गंगाधर अधिकारीले आज एक विज्ञप्ती जारी गर्दै सांसदहरु समक्ष सो अपील गरेको हो ।