अपराध अनुसन्धान र नियन्त्रणका लागि सल्यानमा अनुशिक्षण शुरु

अपराध अनुसन्धान र नियन्त्रणका लागि सल्यानमा अनुशिक्षण शुरु

  • आइतवार, कार्तिक ७, २०७३
  • डिल्लीराज रावत

  • 8.1K
    SHARES

सल्यान
कार्तिक ७, सल्यान ।
समाजमा प्रहरी गर्ने गतिविधिका कारण अपराध कम भएपनि अनुसन्धान हुन नसकेर बाहिर आउन नसकेको तर्फ प्रहरीहरु सचेत हुनुपर्ने राप्तीका प्रहरी प्रमुख प्रेम चन्दले जनाएका छन ।
समाजका अपराधहरुको आधुनिक तवरले अनुसन्धान गरि अपराधिलाई कानुनि दायरामा ल्याई अपराध कम गर्नका लागि प्रहरीको महत्वपूर्ण भूमिका हुनुपर्ने बताउदै वरिष्ट प्रहरी उपरिक्षक चन्दले समयको विकासक्रम संगै तालिमहरुपनि आधुनिक तवरले संचालन भैरहेको बताएका हुन ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा संचालित घुम्ती प्रशिक्षण योजना अन्तरगत सल्यानमा ७ दिन सम्म चल्ने अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षण कार्यक्रमको आइतबार उद्घाटन गर्दै उनले भिड नियन्त्रण पछि जवान र हवल्दारहरुका लागि यो दोस्रो अनुशिक्षण भएको बताएका हुन । प्रहरीका अधिकृत तहकाले बढि तालिम लिएपनि काम भने जवानले गर्ने भएकाले जवानहरुलाई पनि यस्तो तालिम दिनुपर्ने रष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको योजना अनुसार केन्द्रमा मात्रै हुने यस्ता तालिम जिल्लाव्यापी रुपमा चलाइएको उनले बताएका हुन ।

pro-1
वास्तवमा काम गर्ने तहमा जवान र हवल्दार भएकाले उनिहरुमा पनि आधुनिक ज्ञान र सिप हुनुपर्ने उनको कथन थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सल्यानका प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले प्रहरी जवानको यो बतालिमले अपराध कम गर्न र भएमा कानुनी दायरमा ल्याउन सहयोग गर्ने बताएका थिए । त्यस्तै स्थानिय विकास अधिकारी रामचन्द्र पौडेलले अपराधलाई जहाँको त्यहि नियन्त्रण गर्नुपर्ने गरि प्रहरी लाग्नुपर्ने र प्रहरी देख्ने वित्तिकै अपराधीले अपराधिक मानसिकता त्याग्ने बाताबरण बनाउनुपर्ने बताएका छन ।
प्रहरीले भिड नियन्त्रण, अपराध अनुसन्धान जस्ता ५ वटा अनुशिक्षक कार्यक्रम देशैभरी चलाइरहेको छ । आइतबारबाट नै देशभरका ३४ स्थानमा १ हजार २ सय ४९ जनाले अपराध अनुसन्धान तथा नियन्त्रण विशेष तालिम लिइरहेका छन ।यस्ता तालिमले जवान तथा हवल्दारको बढुवाका लागि पनि सहयोग हुने र स्थानिय स्तरमा तालिम प्रदान गर्दा तालिमको प्रभावकारिता बढ्ने कार्यक्रमका अध्यक्ष प्रहरि नायव उपरिक्षक श्याम बहादुर खत्रीले जनाएका छन ।

pro-3
प्रहरी निरिक्षक गणेश थापाले संचालन गरेको कार्यक्रममा सहभागिलाई स्वागत तथा कार्यक्रमको बारेमा जानकारी प्रहरी निरिक्षक धर्म बहादुर केसीले गराएका थिए । अनुशिक्षण तालिम आगामी कातिक १२ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ