नेपाल टुक्रयाउने भित्रि अभियान चलाउदै सिके राउत

नेपाल टुक्रयाउने भित्रि अभियान चलाउदै सिके राउत

स्वतन्त्र मधेशको पर्चा सहित उसका २२ कार्यकर्ता पक्राउ

  • आइतवार, कार्तिक ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

कार्तिक ७ काठमाण्डौं । स्वतन्त्र मधेश बनाउने अभियान चलाएर विखण्डनवादी भन्दै धेरै तिरबाट विरोध भए पनि सुरक्षित रुपमा तराईका जिल्लाहरु स्वतन्त्र मधेश राष्ट्र बनाउने र त्यसको लागि सेना तयार पार्नु पर्छ भन्दै सिके राउत हिडिरहेको खुलेको छ ।

राउतले खास गरी सप्तरीदेखि पर्सा सम्म विषेश क्रिम फोर्स बनाउने , नवलपरासी र रुपन्देहीमा पनि अड्डा बनाउने , सुनसरी र मोरङको तल्लो भागमा पनि संगठन बनाउने र मधेशीलाई नेपालले हेपेको शोषण गरेको भन्दै मधेश अलग राष्ट्र हुनु पर्ने प्रशिक्षण दिईरहेको कार्यकर्ताहरुले बताएका छन् ।

राउतले अब छठ पछि नै स्वतन्त्र मधेशका पक्षमा आन्दोलन शुरु गर्नु पर्ने बताउने गरेको पनि एक कार्यकर्ताले बताएका छन् ।
राउतले कतिपयलाई अमेरीकामा आफूले भनेको लाग्ने भन्दै केही व्यक्तिलाई ईन्जिनियर पढाउन पठाएको समेत बुझिन आएको छ । तर यसको विवरण भने प्राप्त भएको छैन । यसरी नै प्रशिक्षण दिईरह्ेका बेला नवलपरासीबाट आज पर्चा सहित २२ जना राउतका कार्यकर्ता पक्राउ परेका छन् ।

ck-raut

नवलपरासीको रामग्राम-३ स्थित रोयल होटल बाट बिहान नौ बजे जिल्ला प्रहरी कार्यालय नवलपरासीले स्वतन्त्र मधेस अभियानको नाममा अाफ्नो कार्यकर्ताहरुलाई प्रशिक्षण दिइरहेको अवस्थामा सि.के राउत का २२ कार्यकर्ता पक्राउ परेको एस पी राजेन्द्र प्रसाद चौधरीले जानकारी दिनु भएको छ । एस पी चौधरीका अनुसार देश टुक्रने किसिमको पम्पलेट सहित प्रशिक्षण दिइरहेको जानकारी पाएपछि त्यस होटलमा प्रहरी टोली पुग्दा प्रहरी देख्न साथ भाग्न खोज्दा पक्राउ गरिएको बताए ।

यस किसिमको प्रशिक्षणले देशमा अस्थिरता कायम हुने भन्दै पक्राउ गरिएको हुन सक्ने बताइएको छ । पक्राउ पर्नेहरुमा स्वतन्त्र मधेस अभियान नवलपरासीका संयोजक मदन यादव, उपाध्यक्ष बाल गोविन्द चौधरी, स्वतन्त्र मधेस अभियान रुपन्देहीका संयोजक भुपेन्द्र यादव, दिपक शाह, कन्हैया राजभर, दिलिप यादव, रुदल हरिजन, अोमप्रकाश पासी गरि २२ जना कार्यकर्ता रहेका छन्न । हाल सबैलाई थप अनुशन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी मा राखिएको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ