काठमान्डौ कात्तिक ७ । व्यवस्थापिका संसद्को बैठक आज बस्दै छ । बैठक नयाँबानेश्वर स्थित संसद भवनमा बिहान ११ बजेका लागि बोलाईएको छ ।
आजको बैठकमा संसद् सचिवालयमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्ध महाअभियोगको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
कार्की्विरुद्धको महाअभियोगको प्रस्ताव प्रस्तुत गर्नका लागि संसद बैठक गत बिहीबारका लागि बोलाइएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख ओनसरी घर्तीले सूचना टाँस गर्दै बैठक आजसम्मका लागि स्थगित गर्नु भएको थियो । स्रोतका अनुसार प्रस्ताव पारीत हुन काग्रेसको समेत सहमति आवस्यक पर्ने भएकाले आज पनि यो प्रस्ताव पेश नहुने निश्चित छ ।
लोकमान सिंह कार्कीको मुद्धालाई सहज र मध्यमार्गी तरीकाबाट टुंग्याउने सोचाईमा प्रधानमन्त्री प्रचण्ड समेत रहेकाले काग्रेसको आधिकारीक निर्णय पर्खनु पर्ने भएकाले पनि आज पेश नहुने देखिएको बताईएको छ । तर काग्रेस भित्र पनि लोकमानलाई हटाउनु पर्ने पक्षमा दवाव परेकाले पेश गर्ने संकेत आएमा भने पेश हुने छ ।
अन्यथा , काग्रेसको बैठक सोमबार बसेर ठोस निर्णय आए पछि मात्रै प्रकृया अघि बढाउने सोचमा माओवादी केन्द्र रहेको बुझिएको छ ।
एमाले र माओवादीका १ सय ५७ सांसदले हस्ताक्षर गरेर ससदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो।
संसदमा महाअभियोगको प्रस्ताव पेश भएपछि प्रारम्भिक छलफल हुने छ । त्यसपछि बैठकले प्रस्तावमाथि अनुसन्धान गर्न महाअभियोग सिफारिस समितिमा पठाउने छ । समितिले कार्यप्रारम्भ गरेको ३० दिनभित्र संसदमा अनुसन्धान प्रतिवेदन पठाउने छ ।