अधुरो रह्यो , जुनको ताबेइसँग महिला आरोहीको क्षेत्रमा केही गर्ने भावी सपना ..

अधुरो रह्यो , जुनको ताबेइसँग महिला आरोहीको क्षेत्रमा केही गर्ने भावी सपना ..

  • शनिबार, कार्तिक ६, २०७३
  • प्रेमिला गौचन टोकियो , जापान

  • 9.6K
    SHARES

यस पन्तिकारले जुनको ताबेइ सँग मिलेर नेपाल र जापानको महिला आरोहीको क्षेत्रमा केही योगदान गर्ने इच्छा थियो । तर त्यो सपनामा मात्रै सिमित भयो । त्यस समयमा हाल एन आर एन आई सि सि का सँयोजक किरण विक्रम थापा र संचार कर्मी जिज्ञान थापा सँग पनि यस बिषयमा कुरा राखेको थिए , तर म नै काममा जान हतार भएकोले ट्यो दिन कुरो अघी बढेन ।

आज ७७ वर्षको उमेरमा जुनको ताबेइको मृत्‍युले स्तब्ध भएकी छु । तत्कालीन पर्यटन मन्त्री राम कृष्ण ताम्राकार जापान भ्रमणमा आउँदा जापानवासी नेपालीले आयोजना गरेको सगरमाथा दिवस मा उपस्थित भएका थिए ।

junko-tabei

त्यस अवसरमा प्रथम सगरमाथा महिला आरोही जुनको ताबेइ , जेष्ठ आरोही युचिरो मिउरा पनि सहभागी भएका थिए। राम्रै थियो उत्सब नेपाली बाजागाजा सहित नेपाली भेष भुषाले सजिएको माहोल पनि ।

कार्यक्रम स्थल मा नेपाली ह्यान्डिग्राफ, नेपालमा उत्पादन भएका सामान लगायत नेपाली खानाको स्टलले पनि सगरमाथा दिवसलाई थप रौनकता दिएको थियो । पर्यटकिय स्थल जापानको टोकियो स्थित टोकियो टावरमा गरिएको उक्त दीवसमा मन्तब्य दिने क्रममा जुनको ताबेइ नेपाली कर्मचारी प्रती निकै रुष्ट भएकी थिईन ।

उनले नेपाल जादा आउँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कर्मचारीले उनिमाथी गरेको ब्यवहार प्रती दु:खी हुँदै ‘ मैले नेपालबाट लिन होइन दिन चाहन्थे , तर उनिहरुको व्यवहारमा परिवर्तन ल्याउन मन्त्री ताम्राकारलाई आग्रह गरेकी थिइन ।

उनले मन्तब्यको क्रममा सगरमाथा आधार शिबिर मा सफाइको अभियान चलाएको र वनस्पति विजारोपण गर्ने अभियान चलाएकोले नेपाल आउने जाने गरेको बाताएकी थिईन । तेती बेला नै मेरो मनमा आएको थियो कि उनी सँग मिलेर केही गर्नु पर्छ “।

  आज भन्दा ठीक ३७ वर्ष अघी मे १६ , १९७५ को विहान जुनको ताबेइ ले सगरमाथाको शिखरलाई चुमेकी थिईन । त्यस समय उनी ३५ वर्षिय जुनको ताबेइ र उनको शेर्पा गाईड आङ छिरिङ्ग शेर्पासँग ८,७६३ मिटर साउथ समिट सम्म पुगेका थिए त्यस पछी उनी एक्लै सगरमाथा चुचुरोमा पुगेकी थिईन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी