तराई बाट दाइजो प्रथाको अन्तय हुनुपर्नेमा वक्ताहरूको जोड

तराई बाट दाइजो प्रथाको अन्तय हुनुपर्नेमा वक्ताहरूको जोड

  • शनिबार, कार्तिक ६, २०७३
  • रबिन्द्र यादव,

  • 5.9K
    SHARES

कार्तिक ६ नवलपरासी । नवलपरासीको कुडिया गाउँ विकास समिति मा अायोजित युवा सम्मेलनकाका वक्ताहरुले तराई मधेस मा जड बनाएर रहेको दाईजो प्रथाको अन्तय हुनुपर्ने मा जोड दिएका छन साथै धामीझाँक्री को नाममा अन्धविश्वास ,मानव बली, कुरीति रितीरिवाज जस्ता अमानवीय क्रियाकलाप हुँदै अाएको मा चिन्ता ब्यक्त गरेका छन ।

डेढ बर्ष अगाडि कुडिया गाविसको मर्चहवा गाउँमा धामीझाँक्री जस्ता अन्धविश्वासको नाममा दस बर्षिय बालकलाई बलि समेत दिइएको थियो । हाल जिल्ला अदालत नवलपरासीले दोषी सबैलाई अाजिवन कराबासको सजाय सुनाएको छ । त्यसैले यसलाई जडै देखि निर्मुल पार्न युवाहरुको एकता हुनुपर्ने अावश्यकता रहेको बताएका छन्न ।

मधेस युवा उत्थान विकास मंच नवलपरासीले अायोजना गरेको युवा सम्मेलनमा मंचका अध्यक्ष धिरज त्रिपाठीको अध्यक्षता रहेको थियो भने कुडिया गाविसका तमलोपा एकाइ संयोजक रियाज अन्सारीको प्रमुख अतिथ्यता रहेको थियो ।

सो सम्मेलनमा मंचका उपाध्यक्ष युवराज मौर्या, सचिव रामेश्वर कोइरी, हरपुर का उप समितिका संयोजक दिपु जयसवाल, रमपुरवा उप समितिका संयोजक सुनिल पटवा, ठुलो खरेटवा उप समितिका संयोजक बाल गोविन्द यादव, भुजहवा उप समितिका संयोजक अम्मर यादव, पक्लिहवा उप समितिका उप संयोजक इसरायल अन्सारी लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै सम्मेलनले ब्रिजेश गुप्ता को अध्यक्षतामा ११ सदस्यीय कुडिया उप समिति गठन गरेको छ जसको उपाध्यक्ष मा साजिदा खातुन, सचिवमा मुनिल गुप्ता, कोषाध्यक्षमा सलिकुन खातुन लगायतका रहेका छन्न । मधेस युवा उत्थान विकास मंच नवलपरासीले जिल्लाको विभिन्न गाविसमा उप समिति गठन गर्दै जनचेतनामूलक कार्यक्रम गर्दै अाएको देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ