पूर्व सभासद् एवं भिक्षु आनन्दलाई पुनर्बहाली गर्न निर्देशन

पूर्व सभासद् एवं भिक्षु आनन्दलाई पुनर्बहाली गर्न निर्देशन

  • शनिबार, कार्तिक ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौँ, कार्तिक ५ । नेपाल थेरवाद भिक्षु महासंघका ज्येष्ठतम भिक्षु संघनायक अश्वघोष महास्थविरले एक लिखित निर्देशन जारी गर्दै पूर्व सभासद् एवं भिक्षु आनन्दलाई गरेको बहिष्कार रद्द गरी संघ सदस्यमा पुनः बहाली गर्न निर्देशन दिनु भएको छ ।

एक विज्ञप्ति जारी गर्दै अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष डा. ज्ञानपूर्णिक महास्थवीरलाई निर्देशन दिनुभएको हो । महासंघले गत २१ जेठ २०७३ मा भिक्षु संघको विधान विपरीत पूर्वाग्रही तथा एकपक्षीय ढंगले भिक्षु आनन्दलाई बहिष्कार गरेको थियो ।

क्षेत्रपाटी ढल्कोस्थित संघाराम विहारमा भैरहेको अनावश्यक पारिवारिक हस्तक्षेप, आर्थिक अनियमितता तथा भौतिक स्रोत साधन दुरुपयोगबारे भिक्षु आनन्दले विरोध गरेपछि संघले बहिष्कारको निर्णय लिएको थियो । विहारमा भएका गैरकानुनी तथा धर्मविरोधी गतिविधिलाई यवस्थित गर्न भन्दै भिक्षु आनन्दले कदम चालेपछि विहारका संरक्षण समितिका पदाधिकारीले संघनायक भिक्षुलाई बहिष्कारको निर्णय सार्वजनिक भएको थियो ।
त्यसयता भिक्षु आनन्दले विना कसुर बहिष्कार गरेको भन्दै विहारको आर्थिक अनियमितताबारे डटेरै लाग्ने घोषणा गर्नु भएको थियो ।
भिक्षुहरुलाई तालिम दिने उद्देश्यबाट २०३८ सालमा ऐलानी जग्गामा काठमाण्डौको क्षेत्रपाटी ढल्कोमा संघाराम विहार बनेको थियो । भिक्षु आनन्द यही विहारबाट उत्पादित पहिलो व्याचको शिष्य हुनुहुन्छ ।उहाले आर्थिक बजेटको व्यवस्थापन गर्दै सहयोग पुर्याउदै आउनु भएको थियो ।
खिल नेपाल भिक्षु महासंघका अध्यक्ष डा. ज्ञानपूर्णिक महास्थवीरलाई निर्देशन दिनुभएको हो । महासंघले गत २१ जेठ २०७३ मा भिक्षु संघको विधान विपरीत पूर्वाग्रही तथा एकपक्षीय ढंगले भिक्षु आनन्दलाई बहिष्कार गरेको थियो । क्षेत्रपाटी ढल्कोस्थित संघाराम विहारमा भैरहेको अनावश्यक पारिवारिक हस्तक्षेप, आर्थिक अनियमितता तथा भौतिक स्रोत साधन दुरुपयोगबारे भिक्षु आनन्दले विरोध गरेपछि संघले बहिष्कारको निर्णय लिएको थियो ।

विहारमा भएका गैरकानुनी तथा धर्मविरोधी गतिविधिलाई यवस्थित गर्न भन्दै भिक्षु आनन्दले कदम चालेपछि विहारका संरक्षण समितिका पदाधिकारीले संघनायक भिक्षुलाई बहिष्कारको निर्णय सार्वजनिक भएको थियो ।त्यसयता भिक्षु आनन्दले विना कसुर बहिष्कार गरेको भन्दै विहारको आर्थिक अनियमितताबारे डटेरै लाग्ने घोषणा गर्नु भएको थियो । भिक्षुहरुलाई तालिम दिने उद्देश्यबाट २०३८ सालमा ऐलानी जग्गामा काठमाण्डौको क्षेत्रपाटी ढल्कोमा संघाराम विहार बनेको थियो । भिक्षु आनन्द यही विहारबाट उत्पादित पहिलो व्याचको शिष्य हुनुहुन्छ । उहाले आर्थिक बजेटको व्यवस्थापन गर्दै सहयोग पुर्याउदै आउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ