काठमाडौं, कात्तिक ६ ।
नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले अख्तियार प्रमुखविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे प्रमुख राजनितिक दलहरुले साझा धारणा बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
एमाले बल्खु टोल कमिटीले आज विभिन्न पर्वका उपलक्ष्यमा आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रमममा बोल्दै उहाले प्रस्ताव कसले राख्यो भन्दापनि विषय माथि ध्यान दिन आग्रह गर्नुभयो ।
संसदमा प्रतिनिधित्व गर्ने धेरै दलको धारणा आईरहदा प्रमुख राजनितिक दलहरु विमुख हुन नहुने उहाको भनाई छ ।
आइतबार संसदमा सभामुखले सो विषयमा छलफलका लागि दिन तोक्ने र छलफल तथा सिफारिस समितिमा अभियुक्तका राय लिने प्रक्रिया पूरा गर्दा करिब डेढ महिनामा प्रस्तावले पूर्णता पाउने विश्वास व्यक्त उहाले बताउनु भयो ।
कार्यक्रममा सांसद यज्ञराज सुनुवारले मुलुकमा कानुनी शासनलाई कायम राखी लोकतन्त्रलाई संस्थागत गर्न सबै दलका नेता जिम्मेवार रहेको बताउँदै सो प्रस्ताव दुईतिहाइ बहुमतका साथ पारित हुने विश्वास व्यक्त गर्नुभयो ।
पार्टीका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले महाअभियोग संवेदनशील रहेकाले सबै दल जिम्मेवार भइ निर्णय लिनुपर्ने बताउनु भएके छ ।