महाअभियोगबारे प्रधानमन्त्री दाहाल र काग्रेस सभापति देउवाबीच छलफल

महाअभियोगबारे प्रधानमन्त्री दाहाल र काग्रेस सभापति देउवाबीच छलफल

  • शनिबार, कार्तिक ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाण्डौ ,कार्तिक ६ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र कंग्रेस सभापति शेरबहादुर देउवाबीच अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गराउने विषयमा छलफल भएको छ ।

वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान भएको छलफलमा महाअभियोग प्रस्तावलाई पारित गराउने विषयमा पार्टीभित्र भईरहेको आन्तरिक अन्य दलहरुसँगको परामर्शका बिषयमा कुराकानी भएको थियो ।

कार्की विरुद्ध महाअभियोग प्रस्ताव पेस भएको तीन दिन वित्दा समेत प्रमुख दलहरुले प्रस्ताव कसरी अघि बढाउने भन्ने ठोस निष्कर्ष निकालेका छैनन् । दलहरुबीच सघन छलफल हुन पनि हुन सकेको छैन ।
काग्रेसले माओवादी केन्द्रले आफुहरुसँग छलफल नै नगरी प्रमुख प्रतिपक्षी एमालेसँग मिलेर महाअभियोग प्रस्ताव पेस गरेको भन्दै असन्तुष्ठि जनाएको छ ।

केन्द्रीय समिति बैठकबाट निर्णय गराउने भन्दै संसदको ठूलो दल नेपाली कंग्रेसले कार्की बिरुद्धको महाअभियोग प्रस्तावबारे कुनै धारणा सार्वजनिक गरेको छैन । बैठक भने पर्सी सोमबार विहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ