काठमाडौ ६ कार्तिक ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक अहिले शान्ति, स्थिरता र सभ्यताको बाटोमा अगाडि बढिरहेको बताउनु भएको छ । सप्तरीको छिन्नमस्त गाविसस्थित छिन्नमस्त भगवतीको दर्शन पश्चात हवनकुण्डको शिलान्यास गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
राष्ट्रपति भण्डारीले विश्व मानवता र महत्वको पक्षमा अगाडि बढिरहेका बेला प्राकृतिक विविधताले भरिपूर्ण नेपाल शान्ति स्थिरता र सभ्यताको पक्षमा अघि बढेको बताउनु भयो ।
सबै नेपाली देश विकासमा जुट्नुपर्नेमा जोड दिदै उहाँले स्थानीय विकासका लागि जागरुक हुन सबैलाई आग्रह समेत गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline