जुम्लामा आठ हजार १९१ घरधुरी गरीब

जुम्लामा आठ हजार १९१ घरधुरी गरीब

  • शनिबार, कार्तिक ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ ६ कार्तिक ।
जुम्लामा करिब आठ हजार घरधुरीलाई गरिब घर पहिचानको सूचीमा सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको अध्यक्षतामा बसेको बैठकले सूचीमा आठ हजार १९१ घरधुरी सिफारिसका लागि निर्णय गरेको हो ।

सरकारले गरिब घर पहिचानको सूचीमा परेकाको तथ्याङ्क सङ्कलनका लागि सुरुवात गरेको कार्यक्रम अन्तर्गत जुम्ला जिल्लामा गरिबको सूचीमा परेका घरधुरीलाई अन्तिम स्वीकृत गरी पठाइएको पमुख जिल्ला अधिकारी पण्डितले बताउनु भयो ।

जिल्लाको बड्कीमा ३०४, विराटमा ३८९, बुम्रमाडीचौर १०४, चन्दननाथ ३०३, छुमचौर १७६, देपालगाउँ १७५, धापामा २२९, डिल्लीचौरमा ३६२, गज्याङकोटमा २०३, घोडेमहादेवमा २३६, गोठीचौरमा २५१, हाँकुमा ११४, कालिकाखेतुमा ३७४, कनकासुन्दरीमा २७४, कार्तिक स्वामीमा १७३ घरधुरी गरिब घर पहिचानको सूचीमा परेका छन् ।

त्यसैगरी, कुडारीमा ४७२, लाम्रामा १६०, महावैपा थरखोलामा ४०७, महतमा ८३, मालिकाबोतामा ८३, मालिकाठाटामा २५५, नराकोटमा ३५५, पाण्डपगुफामा २९३, पातारासीमा २६४, पटमारामा १६८, रारालिहीमा २०९, शनिगाउँमा ५४८, तलिउममा ३७२, ताम्तीमा ३२० र तातोपानीमा ५१८ घरधुरी सिफारिसका लागि सूचीकृत गरिएको छ ।

गत असोज १२ गते नै उक्त सूची आइसकेको र सो दिनमा थप छुटेकालाई थप समय राख्दा समय लम्बिएको जिल्ला विकास समिति जुम्लाका वरिष्ठ कार्यक्रम तथा सूचना अधिकृत क्षेत्रबहादुर बुढ्थापाले बताउनुभयो ।

केन्द्रले साउन मसान्तभित्रै टुङ्ग्याउने भने तापनि छुटेकाको विवरण सङ्कलन गर्न समय लम्ब्याइएको समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ