काठमाडौ ६ कार्तिक ।
सोलिडारिटी फर डा. गोविन्द केसी अलाइन्स्ले अख्तिायर प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव दुई तिहाई मतले पारित गर्न दलहरुलाई दवाव दिने भएको छ ।
महाअभियोगको पक्षमा उभिएर प्रस्तावलाई टुङ्गोमा पुर्याउनका लागि दवाव दिन आज नागरिक र्याली निकाल्ने तयारी गरेको अलाइन्सका संयोजक डा. जीवन क्षेत्रिले जनाकारी दिनुभयो ।
बिहान ११ बजेपछि राजधानीको माइतीघरबाट सुरु हुने र्यालीमा सामाजिक सन्जालको माध्यमबाट आउने सर्वसाधारण, नागरिक समाजका अगुवा, कलाकार लगायतको सहभागिता रहने जनाएको छ ।
यसैबीच विभिन्न विद्यार्थी संगठनले पनि अख्तियार प्रमुख कार्कीलाई कारबाही नहुँदासम्म दवाव मुलक कार्यक्रम जारी राख्ने जनाएको छ ।
लोकतन्त्र जोगाउन कार्की बिरुद्धको प्रस्ताव जुनसुकै हालतमा पारित गराउन शीर्ष नेताहरुलाई दवाव दिने एमाले निकट अनेराश्ववियुकी अध्यक्ष नविना लामाले जानकारी दिनुभयो ।
विद्यार्थी संगठनले आज बिभिन्न दलका शीर्ष नेतालाई भेटी दुईतिहाइ मतका साथ प्रस्ताव पारितका लागि वातावरण बनाउन ज्ञापन पत्र बुझाउने लामाले बताउनुभयो ।