नेकपा एमाले नवलपरासी क्षेत्र न-६ र युवा संघ नेपाल नवलपरासी क्षेत्र नं-६ को संयुक्त पहलमा निर्माण हुन गईरहेको त्रिवेणी घाट पौवा( ट्रस ) को निर्माण शुरु भएको छ।
मिति २०७३ भाद्र ३१ गते नेकपा (एमाले)महासचिव कमरेड ईश्वर पोखरेलबाट शिलन्यास गरीएको पौवा निर्माण कार्य तिव्रताको साथ अगी बढीरहेको छ।
कुल आठ लाख लागतमा निर्माण हुन लागेको पौवा आर्थिक सहयोग उठाएर गर्न लागिएको हो ।मौसमका कारण निर्माण कार्य ढिलो शुरु भएपनि मंसिर १५ गते भित्र सम्पन्न भईसक्ने भनि युवा संघ नेपाल क्षेत्र नं६ तथा निर्माणसमितीका अध्यक्ष ज्ञान प्रसाद पाठक(सन्तोश) ले जानकारी दिनु भएको छ । पौवा ट्रस त्रिबेणी दाहसंस्कार घाटमा निर्माण हुँदै छ ।
त्रिबेणी दाहसंस्कार घाट मा नेपाल भारत गरि दिनहुँ ५ देखि १० शव जलाउनको लागि अाउने गरेको स्थानीयले बताउछन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline