महाअभियोग लगाउने पक्षमा उभियो नयाँ शक्ति

महाअभियोग लगाउने पक्षमा उभियो नयाँ शक्ति

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं ,५ कार्तिक ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाइ महाअभियोग लगाउने दलहरुको तयारीलाई नयाँ शक्ति नेपालले समर्थन गरेको छ ।

नयाँ शक्तिले आज (शुक्रवार) विज्ञप्ति जारी गर्दै लोकमानलाई महाअभियोग लगाउने दलहरुको प्रस्तावमा समर्थन जनाएको हो ।

संबैधानिक अंगमा वहाल रहेका कुनै पनि अधिकारीले आफ्नो पदीय आचरण बिरुद्ध काम गरे महाअभियोग लगाउन सार्वभौम संसद सक्षम रहेको समेत विज्ञप्तीमा उल्लेख छ ।
प्रबक्ता खिमलाल देवकोटाद्धारा जारी विज्ञप्तिमा पछिल्ला पटकका संसदबाट सिधै नियुक्त हुने जनलोकपालले मात्र विना हस्तक्षेप काम गर्न सक्ने भन्दै आगामी दिनमा संबैधानिक निकायमा पदाधिकारी नियुक्त गर्दा हाम्रा भन्दा राम्रा मान्छे खोज्न ध्यानाकर्षण गराइएको छ ।

संसदीय समितिले बोलाउँदा नजाने, न्यायपालिकाको काममा अवरोध गर्ने जस्ता गतिविधिले सु–शासन कायम राख्न गठन भएको शक्तिशाली संबैधानिक अयोगमा रहेका व्यक्ति गलत थिए भन्ने स्पष्ट हुने नयाँ शक्तिले जनाएको छ ।

पछिल्ला घटनाले आयोगको प्रमुख नियुक्ति मै त्रुटी रहेको पुष्टि हुने भन्दै उसले संसदप्रति उत्तरदायी हुने जनलोकपाल गठन गर्नुपर्नेमा जोड दिएको छ ।

नयाँ शक्तिले पछिल्लो प्रकरणको आडमा कुनै पनि दल वा व्यक्तिले आफ्ना भ्रष्टाचारजन्य कार्य र नियत ढाकछोप गर्न नपाउन भन्नेतर्फ पनि सतर्क रहन आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ