हेर्नुस् एक महिने छोरो अर्कैको भन्दै प्रहरीलाई बुझाउने आमाको बयान ……

हेर्नुस् एक महिने छोरो अर्कैको भन्दै प्रहरीलाई बुझाउने आमाको बयान ……

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

प्युठान ,५ कार्तिक ।

सुन्दा अचम्म लाग्न सक्छ , आफ्नै आमाले एक महिने दुधे बालकलाई अरुको भन्दै प्रहरीलाई बुझाईन भन्दा । तर यस्तै घटना घट्यो प्युठानमा ।

बिजुली ,८ प्यूठानकी सिर्जना थापाले गत आइतबार प्यूठानको जस्पुर जंगलमा बेवारिसे अवस्थामा शिशु भेटाएको भन्दै प्रहरीकहा गएर जिम्मा लगाईन् । एक महिनाको दुधे बालकलाई प्रहरीले बेवारिसे भन्दै आवासगृहको जिम्मा लगायो र अनुसन्धानतर्फ खटियो ।

अनसन्धानका क्रममा जब घटनाको बास्तविकता आयो सबै छक्क परे । जुन महिलाले जंगलमा भेटिएको बच्चा भन्दै प्रहरीलाई जिम्मा लगाईन् त्यो त उनकै सन्तान पो रहेछ ।

प्यूठान प्रहरी प्रमुख डिएसपी रञ्जितसिंह राठौरले भन्नु भयो , सिर्जनाले आफ्नै शिशुलाई भेटाएको भनेर हल्ला फैलाएको रहेछ ।

लगत्तै प्रहरीले उनलाई पक्राउ गर्यो र सोधपुछ गर्न थाल्यो । त्यसपछि उनले बास्तविका यसरी खोलिन ।
म पाँच सन्तानकि आमा हु । यो बालक पनि मेरो छोरो हो तर घरमा खान लगाउन गाह«ो छ । मजदुरी गरेर परिवार पाल्नपर्छ ।

श्रीमानपनि मजदुरीका लागी भारत गएका छन् । बर्षेनी बच्चा जन्मदा लालनपालनमा झन कठिन भएकाले आफूले भेटाएको भनेर नाटक गरेकी हुँ ।

प्यूठानकै पुँजा गाविसको एक घरमा मजदुरी गर्दै आएको बताउने सिर्जनाले घरपरिवार र माइतबाट समेत सहयोग नपाएको गुनासो गरेकी छन् ।

डिएसपि राठौरका अनुसार ‘गरिवीका कारण झुटो प्रचार गरेरै भए पनि आफ्नो शिशुलाई उनले सुरक्षित गर्न खोजेको अनुसन्धानमा देखिएको छ,’ ।

पाँच वर्ष र दुई वर्षका दुई छोरीसहित सिर्जना र एक महिने शिशुलाई अहिले महिला तथा बालबालिका कार्यालयले सञ्चालन गरेको महिला तथा बालबालिका दिवा आवास केन्द्र (सेफ हाउस)मा राखिएको छ ।

ति महिलाले दिएको बयानबारे अझै अनुसन्धान जारी राखिएको राठौरको भनाई छ ।

घटनाबारे महिलासँग मनोसामाजिक पराशर्म सहित सोधपुछ भैरहेको जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत यादप खनालले बताउनु भयो । आवश्यक कागजी प्रक्रिया पूरा गरी परिवारको रोहवरमा शिशुलाई आमकै जिम्मा लगाउन सकिने सम्भावना रहेको तर यसबारे अझै निर्णय भने नभएको बताउनु भयो ।

महिलाले सबैलाई भ्रममा पार्ने गरी गरेको घटनाले जिल्लाका सरोकारवालाहरु अचम्मित छन् । गत आइतबार स्वर्गद्वारी माइतबाट फर्कंदै गर्दा जंगलमा शिशु भेटाएको भन्दै एक रातपछि सोमवार विहान शिशुलाई लिएर सिर्जन प्रहरीकहा गएकी थिईन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी