यसरी समातिए विद्यालयमा बम विस्फोट गराउने योजनाकार

यसरी समातिए विद्यालयमा बम विस्फोट गराउने योजनाकार

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, कात्तिक ५।
काठमाडौं उपत्यकाका केही निजी विद्यालयमा बम विस्फोट गराउने मुख्य योजनाकार सहित चारजना पक्राउ परेका छन् । महानगरीय प्रहरी आयुक्त कार्यालयले राजधानीमा आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा घटनाका ‘मुख्य योजनाकार’ माओवादी कम्युनिष्ट केन्द्र नामक समूहका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव केशव दाहाल, पोलिटब्युरो सदस्य मुस्ताकिम अन्सारी र सो पार्टीको विद्यार्थी संगठनका संयोजक मीन देवकोटा रहेका छन् ।

उनीहरुको साथबाट नेपालमा नपाइने ग्यास सिलिन्डर, प्रेसर कुकर, बम बनाउने सामाग्री, पर्चा, ब्याट्री र कागजात बरामद भएको पनि प्रहरीले जनाएको छ ।

यसअघि, यही घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको थियो । सो समूहका नाइके देवेन्द्रसिंह महत भने अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

उनीहरुले गत असोज ४ गते काठमाडौं उपत्यकाका सात निजी विद्यालयमा बम विष्फोट गराएका थिए । बम राखेको विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपाल नामको पर्चा समेत भेटिएको थियो । पर्चामा निजी विद्यालयले बढी शूल्क लिएको भन्दै शूल्क फिर्ता गर्नुपर्ने माग गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ