लोकमानको प्रतिरक्षा गर्न नमिल्ने महान्यायधिवत्ता श्रेष्ठको भनाई

लोकमानको प्रतिरक्षा गर्न नमिल्ने महान्यायधिवत्ता श्रेष्ठको भनाई

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाण्डौ ,५ कार्तिक ।
महान्यायाधिवक्ता रमण श्रेष्ठले निलम्बित अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको प्रतिरक्षा गर्न नमिल्ने स्पष्ट पार्नुभएको छ ।

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले सांसदहरुले संसदमा दर्ता गराएको महाभियोगको प्रस्ताव व्यक्तिविरुद्ध लक्षित रहेकाले महान्यायाधिवक्ता कार्यालय व्यक्तिको प्रतिरक्षा गर्न नमिल्ने बताउनु भयो ।

‘महाभियोग लागेकामाथिको कानूनी प्रतिरक्षा महान्यायाधिवक्ता कार्यालयले गर्नै सक्दैन’ पत्रकार सम्मेलनमा श्रेष्ठले भने, ‘सरकार जुन पोजिसनमा हुन्छ, महान्यायाधिवक्ताले उसको कानूनी प्रतिरक्षा गर्ने हो ।

कार्कीबिरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमा महान्यायाधिवक्ताले आवश्यक परे आफ्नो राय दिन सने उहाले बताउनु भयो ।

अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको फैसलाको पुनरावलोकनको मुद्दामा भने महान्यायाधिवक्ता कार्यालयले कार्की नियुक्तिकै पक्षमा बहस गर्नेछ ।

महान्यायाधिवक्ता कार्यालयका एक उच्च अधिकारीका अनुसार, त्यसमा पनि कार्कीको अवस्था भने निकै कमजोर छ ।

योग्यता, उच्च नैतिकवान चरित्र, कारबाही प्रक्रियामै रहेको अवस्था लगायतका कारणले कार्कीको कानूनी आधार भने कमजोर रहेको मिसिल अध्ययन गरेका एक सरकारी न्यायाधिवक्ताले बताएका छन् ।

‘अवस्था जे भए पनि पेशीमा चढेको दिन कार्कीको कानूनी प्रतिरक्षा गर्नुपर्ने उनको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी