धनकुटाको विकास निर्माणमा सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह

धनकुटाको विकास निर्माणमा सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमान्डौ कात्र्तिक ५ ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग धनकुटा जिल्लाको सर्वदलीय एवं सर्वपक्षीय टोलीले आज भेट गरी जिल्लाको विकास–निर्माणमा सहयोग गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा सो प्रतिनिधिमन्डलले यस्तो आग्रह गरेका हुन् । सो टोलीले जिल्लामा तत्काल विमानस्थल निर्माणका लागि आवश्यक तयारी र बजेटको व्यवस्था मिलाइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन् ।

जवाफमा प्रधानमन्त्री दाहालले धनकुटामा विमानस्थलका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । साथै उहाँले धनकुटा विमानस्थल बन्दा पूर्वाञ्चलकै लागि सुखद् सन्देश भएको उल्ल्ेख गर्नु भयो ।

टोलीमा धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसदहरु, विभिन्न पार्टीका नेता तथा नागरिक अगुवाहरुको सहभागिता रहको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी