काठमाडौं ,कार्तिक ५ ।
निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको सम्पुर्ण सेवा सुबिधा खारेज गरि कामकारबाहीबाट रोक्न मा गर्दै सर्वोच्च अदालतमा अर्को पुरक निवेदन दर्ता भएको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको सम्पूर्ण सुविधा खोसि कामकारबाहीबाट रोक्न अन्तरिम आदेश जारी गर्नुपर्ने माग राखी आज सर्वोच्चमा निवेदन दर्ता गर्नुभएको हो ।
नियमित न्यायिक कामकारबाही अवरुद्ध गरेको, अदालतलाई असहयोग गरेको, आफूविरुद्धको प्रमाणहरु नस्ट गर्ने सम्भावना रहेकाले कार्कीबिरुद्धको अन्तिम फैसला नआउञ्जेल उहालाई निलम्बनको अवस्थामा राख्नुपर्ने निवेदनमा माग गरिएको छ ।
साथै अधिवक्ता अर्यालले निवेदनमा कार्कीमाथि अन्तरिम आदेश जारी नभए आफूविरुद्धको महाअभियोग प्रस्तावको विपक्षमा चलखेल गर्नसक्ने, अदालतको नियमित कामकारबाही अवरुद्ध पार्ने भएकाले अन्तरिम आदेश जारी हुनुपर्ने माग पनि गर्नुभएको छ ।