वन्यजन्तु उद्धारका लागी निर्मित एम्बुलेन्स वन कार्यालयलाई हस्तान्तरण गरिदै

वन्यजन्तु उद्धारका लागी निर्मित एम्बुलेन्स वन कार्यालयलाई हस्तान्तरण गरिदै

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ ५ कार्तिक ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले आफुले तयार पारेको ‘वन्यजन्तु उद्धार वाहन’ एम्बुलेन्स आज जिल्ला वन कार्यालय काठमाडौंलाई हस्तान्तरण गर्ने भएको छ ।

मानव बसोबास क्षेत्रमा प्रवेश गर्ने तथा घाइते वन्यजन्तु उद्धारका लागि विश्व बैंकको क्षेत्रीय विकास सहायता अन्तर्गत एसियामा वन्यजन्तु संरक्षणका लागि क्षेत्रीय सहयोग प्रवद्र्धन आयोजनाको सहयोेगमा तयार पारिएको थियो ।

करिब ३३ लाख ८० हजार रुपैयाँमा खरिद गरिएको उक्त एम्बुलेन्स वन कार्यालय परिसर हात्तीसारमा रहनेछ ।

निर्माण सम्पन्न भएको ‘वन्यजन्तु उद्धार वाहन’ आज वन कार्यलय काठमाण्डौलाई हस्तान्तरण गर्ने र आवश्यकताका आधारमा थप तयार गर्ने योजना समेत रहेको कोषका सदस्य सचिव डा. गोविन्द गजुरेलले जानकारी दिनुभयो ।

पछिल्लो पटक काठमाडौं उपत्यकाको घना बस्तीमा वरपरका जङ्गलबाट हुने चितुवाको प्रवेशले त्रास बढ्दै गएकाले उद्धारका लागि वाहन तयार गरिएको हो ।

वाहनलाई उपत्यकाका तीनै जिल्लाका जिल्ला वन अधिकृत र सम्बन्धित सुरक्षाकर्मी सम्मिलित ‘वन्यजन्तु अपराध नियन्त्रण ब्युरो’ ले परिचालन गर्ने जिल्ला वन कार्यलय काठमाण्डौले जनाएको छ ।

अहिलेसम्म मुलुकमा वन्यजन्तुको उद्धारका लागि कुनै पनि आधिकारिक निकाय नभएका अवस्थामा उद्धार वाहन वन्यजन्तु क्षेत्रका लागि नौलो सुरुआत भएको सदस्य सचिव गजुरेलको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी