काठमाण्डौ ,४ असोज ।
सत्तारुढ दल नेपाली काग्रेसले आजबाट राजधानीमा सुरु भएको पार्टिको केन्द्रय समिति बैडकमा लोकमान बिरुद्ध प्रताव गरिएको महाअभियोगका बिषयमा छलफल गरेको छ ।
पार्टी कार्यलयम सानेपामा आज बसेको केन्द्रिय समिति बैठकमा एजेण्डा तय नगरिकनै काग्रेसले प्रस्ताव माथि छलफल गरेको छ ।
आजको बैठकमा भाग लिने अधिकाशं काग्रेसका नेताहरुले अख्तियारका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई बचाउन नहुनेमा जोड दिएका छन् । बैठकमा बोल्ने अधिकाशं नेताहरुले संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्वित भइसकेका कार्कीलाई बचाउन नहुने धारणा राखेका हुन् ।
बैठकमा केन्द्रिय सदस्य प्रदिप पौडेलसहित केन्द्रीय सदस्य एवम् स्वास्थ्य मन्त्री गगन थापा, धनराज गुरुङलगायत नेताहरुले महाअभियोगको पक्षमा धारणा राख्नुभएको छ ।
पौडेलले दायाँबायाँ नहेरी महाअभियोग प्रस्तावको पक्षमा कांग्रेस उभिनु पर्नेमा शिर्ष नेतृत्वको ध्यानाकर्षण गराएको बताउनु भयो ।
स्वास्थ्य मन्त्री समेत रहनुभएका थापाले विधिको शासन र सर्वोच्च अदालतको सम्मानका लागि कांग्रेस कठोरताका साथ संसदमा उभिनुपर्ने बताउनु भयो । स्वास्थ्यमन्त्री हुनुभन्दा पहिले नै थापाले संसद्मा लोकमानविरुद्ध प्रस्ताव लैजानुभएके थियो ।
अर्का, नेता धनराज गुरुङ पनि लोकमानविरुद्ध दर्ता भएको महाअभियोगको पक्षमा पार्टीले निर्णय लिनुपर्ने बताउनुभयो ।
महाअभियोग प्रस्ताव पारित हुन दुई तिहाई अर्थात् संसदमा कायम ५९५ मध्ये ३९७ सांसद संख्या आवश्यक पर्ने भएकाले कांग्रेसको निर्णय महत्वपूर्ण छ।
सभापति देउवा निकट एक नेताका अनुसार केन्द्रीय समितिबाट निर्णय गरेरै लोकमान विरुद्धको महाअभियोगको पक्षमा मतदान गर्ने देउवाको तयारी छ।