रेडियो पर्यावरण १०४.२ मेगाहर्ज शुभ बिजया दशमी तथा शुभ दिपावली २०७३ सालको पावन अवसरमा श्री समाज सुधार क्लब लप्से भङेरी गोर्खाद्वारा आयोजना गरेको नृत्य प्रतियोगिता , विविध सास्कृतिक कार्यक्रम तथा भाग्यशाली चिट्ठा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा श्री समाज सुधार क्लबका संस्थापक शुक बहादुर .तमु, सभापति होशियार सिंह तमु हनु भएका थियो ।
नृत्य प्रतियोगितामा बौद्ध समाज सेवा क्लब झारगाउ , नब सन्देश युवा क्लब सिम्ले , एकता समाज सुधार युवा क्लब उदयोन ढुङ्गा , मुहान भुमी ग्रामीण क्लब कुलगाउ , हिमाली युवा क्लब गैरा गाउँ , अजम्बरी युवा क्लब गाखु र श्री समाज सुधार क्लब लप्से भङेरी गरि जम्मा ७ वटा समुहले नृत्य प्रतियोगितामा भाग लिएका थिए । रोहित तमु, मेघ बिलाश ढकाल र सुनीता तमुष्यो गरि तीन जना निर्यायक जर्ज बसि नृत्य प्रतियोगिता सब्य र भब्य रुपमा समान रुपमा प्रतियोगितामा जर्जको भुमिका निर्वाह गर्नुभएको थियो ।
७ वटा प्रतिस्पर्धामा आउनु भएका नृत्य प्रतियोगितामा मुहान भुमी युवा क्लबले तीन हजार रुपैया नगद सहित चौथो स्थान हासिल गर्न सफल भएको छ । त्यसैगरी श्री समाज सुधार क्लब लप्से भङेरीले पाँच हजार रुपैया नगद सहित तृतीय स्थान हासिल गर्न सफल भएको छ ।
त्यसैगरी अजम्बरी युवा क्लब गाखुले सात हजार रुपैयाँ नगद सहित दितिय स्थान हासिल गर्न सफल भएको छ। बौद्ध समाज सेवा झारगाउले दस हजार रुपैयाँ नगद सहित प्रथम स्थान हसिल गर्न सफल भएको थियो ।
बिजया दशमी टिका को दिन बेलुका सुरु भएको कार्यक्रममा लोक दोहोरी गित , कलाकार प्रकाश तमु लगायत स्थानियको विभिन्न प्रस्तुत समेत प्रस्तुति रहेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline