काठमाडौं , कार्तिक ४ ।
काठमाण्डौको गौसालास्थित पशुपतिक्षेत्रको बनकालीमा आजदेखि अन्तराष्ट्रिय विराट हिन्दु महासम्मेलन सुरु हुदैछ ।
विश्व हिन्दु महासंघको आयोजनामा हुने सम्मेलनमा आधुनिक समाजमा वैदिक धर्म विज्ञानको महत्व तथा हिन्दु धर्मका विशेषताका बारेमा छलफल गरिने महासंघले जनाएको छ ।
तीन दिनसम्म चल्ने महासम्मेलनको पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गर्ने कार्यक्रम छ । नेपाल, भारत लगायत मुलुकबाट करिव एक हजार प्रतिनिधि सहभागी हुने सम्मेलनमा नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने प्रस्ताव समेत पारित गर्ने महासंघले जनाएको छ ।
कार्यक्रममा अन्तराष्ट्रिय विश्व हिन्दू महासंघको नयाँ कार्यसमितिका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline