काठमाण्डौ ,४ कार्तिक ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की बिरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि हुने छलफलको मिति आज तय हुदैछ ।
आज बस्ने व्यावस्थापिका संसदको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोगकमाथि छलफलको मिति तय गर्ने तयारी गर्नुभएको छ ।
दिउसो १ बजे नया बानेश्वरमा स्थित संसद भवनमा बस्ने बैठकमा सभामुखले आज छलफलका लागी मिति र समय तय गर्नुहुने उहाको प्रेस संयोजक ववीन शर्माले जानकारी दिनुभयो ।
उहाका अनुसार आजैदेखि महाअभियोग प्रस्तावमाथि छलफल सुरु गर्ने पनि सम्भावना रहेको छ ।
संसदको पहिलो बैठकले प्रस्तावमाथि छलफलको मिति र समय तय गरेपछि आजै दोस्रो बैठक बसि छलफल सुरु गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline