काठमाण्डौ ,४ कार्तिक ।
संसदमा आफुबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएकै दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की स्वदेश फर्किएका छन् ।
विदेशमै रहदा सर्वोच्च अदालतले म्याद तामेली गरेपछि क्यानडा गएका कार्की बुधबार साँझ स्वदेश फर्किएका हुन् ।
अदालतको म्याद तामेली छल्न बिदा थप्दै विदेशमा बसेका कार्की उनका घरमा सोमबार म्याद तामेली भएको थियो ।
कार्की आउने सूचना पाएर विमानस्थलमा पुगेका पत्रकारलाई उनले केही प्रतिक्रिया दिन चाहेनन् ।
केही दिन अघिमात्र १० दिन बिदा थपेका कार्की विदेश बसाई छोट्याएर स्वदेश फर्किएको अख्तियार स्रोतले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline