कार्तिक ४ काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विवादीत प्रमुख आयुक्त लोकमान सिंह कार्कीको विषयलाई लिएर दलहरुबीच अप्रत्यक्ष ध्रुवीकरण बढ्ने संकेत देखिएको छ ।
बुधबार संसदको महाअभियोग प्रस्तावको पक्षमा प्रतिपक्षी दल एमाले र सत्तारुढ माओवादी एक देखिएका छन् भने काग्रेस मौन बसेको छ ।
एमालेका बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल र माओवादीका जनार्दशन शर्मा सहित एक सय ५७ जना सभासदले हस्ताक्षर गरेर लोकमान विरुद्धमा महाअभियोग लगाईएको छ ।
नियुक्तिको बेला देखि नै विवादको घेरामा परेका कार्की लडाकु शिबिरको छानविन गर्ने विषय उचाले पछि माओवादीको निशानामा परेका थिए भने एमालेको का एक दर्जन बढी नेताहरुलाई छानविन गर्ने प्रकृया अगाडी बढाए पछि एमाले पनि विरुद्धमा आएको थियो ।
यद्यपि, यो प्रकणरणले एमाले र माओवादीलाई नजिक ल्याईहाल्छ भन्ने निश्चित भने छैन ।
यद्यपि, अदालतमा उपस्थित नभएको संसदलाई मानहानी गरेको जस्ता विषयमा पनि कार्कीको आलोचना हुदै आएको थियो ।
तर प्रमुख सत्तारुढ काग्रेस र मधेशवादी दलका सभासदले लोकमान सिंह कार्की विरुद्ध हस्ताक्षर नगरे पछि राजनीतिक ध्रुवीकरणको संकेत देखा परेको हो ।
काग्रेसले आजको बैठकमा यस विषयमा छलफल हुने संभावना छ ।
तर कॉग्रेस प्रवक्ता दिलेन्द्र प्रसाद बडुले मिर्मिरेसग‘ कुरा गर्दैऔपचारीक रुपमा एजेण्डा तय भईनसकेको र कार्कीको विषयमा बैठकपछि मात्रै बोल्न मिल्ने गर्नु भयो ।