ईन्डोनेशियामा बलात्कारीलाई नपुंशक बनाउने खतरनाक कानुन तय

ईन्डोनेशियामा बलात्कारीलाई नपुंशक बनाउने खतरनाक कानुन तय

  • मङ्लबार, कार्तिक २, २०७३
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

एजेन्सी कार्तिक २ । ईन्डोनेशियाले बलात्कारको घटना बढे पछि यस विरुद्ध पुरुषको लिंगै बिगारेर नपुंशक बनाउने देखि मृत्यु दण्ड सम्म दिने कानुन तय गरेको छ ।
यति मात्र होईन अबको नया कानुनले पुरुष भित्र महिलाको हर्मोन्स प्रवेश गराईने छ । साथै मृत्यु दण्ड नभए दश बर्षको जेल सजाय पनि राखिने छ ।
पाच महिना पहिले एक १४ वर्षको बालिका माथि १२ जनाले सामुहिक बलात्कार गरेको विभत्स घटना पछि चौतर्फी दवावका कारण सरकारले यस्तो कानुन तय गरेको हो ।
राष्ट्रपति जोको बिडोडोको पहलमा विवादका बीच यस्तो कानुन संसदमा पेश भएको छ ।
त्याहाका दुई वटा राजनीतिक दलले यो कानुनको बिरोध गरेका छन् ।

balatkari-1

के छ नया कानुनमा ?
यस कानुन अनुसार बालिकालाई सेक्सुअल हेरेसमेन्ट गरेमा आरोपीलाई नपुशक बनाईने छ । महिलाको हर्मोन्स प्रवेश गराईने छ शरीरमा ।
दोषीको नाम सार्वजनिक गरिने छ । साथै उनको गतिविधि निगरानी गर्नका लागि ईलेक्ट्रोनिक चिप्स लगाईने छ ।
गंभीर आरोपीलाई भने मृत्यु दण्ड दिईने छ ।
ईन्डोनेशियाका एक मन्त्री डा. योहाना सुजाना यमविसेले यस्तो सजायको आधारका कारण अपराधी डराउने र बलात्कारमा कमी आउने बताउनु भयो ।
नपुशक बनाउने जस्ता कानुन रुस, पोल्याण्ड, दक्षिण कोरीया जस्ता मुलुकमा यस अघि नै लागु भईसकेका छन् ।
ईन्डोनेशियामा यौन शोषण या बलात्कारको दैनिक ३५ वटा मुद्धा दर्ता हुने गरे पनि कानुनी कार्बाही फितलो हुदै आएको थियो । पीडित मध्य ६५ प्रतिशत १८ वर्ष भन्दा मुनिका बालिकाहरु रहने गरेको अध्ययनले देखाएको छ ।
यता भारतमा पनि दैनिक ८८ वटा बलात्कार या सेक्सुअल ह्यारेसमेन्टका घटनाहरु दर्ता हुने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी