लोकमानसिंहको म्याद तामेलीमा असहयोग गर्नेलाई जरिवाना र कैद प्रस्ताव

लोकमानसिंहको म्याद तामेलीमा असहयोग गर्नेलाई जरिवाना र कैद प्रस्ताव

  • मङ्लबार, कार्तिक २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

कार्तिक २, २०७३-सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको म्याद तामेलीमा अवरोध गर्नेलाई१ हजार जरिवाना र १५ दिनको कैद प्रस्ताव गरेको छ ।

तामेलदार शम्भुबहादुर खत्री , काठमाडौं महानगरपालिका वडा नम्बर १० की सचिव सरिता राई र खरिदार भेषराज अर्याललाई समयमा म्याद तामेल नगर्ने र तामेलीमा असहयोग गरेको आरोपमा उक्त प्रस्ताव गरिएको हो ।

मुलुकी ऐन अदालती बन्दोबस्ती १११ नम्बर बमोजिम कारबाही गर्न नपर्ने भए ७ दिन भित्र उपस्थित भई लिखित जवाफ पेश गर्न उनीहरुको नाममा सूचना जारी गरेको हो ।

कार्कीको म्याद तामेल गर्ने क्रममा अदालतलाई असहयोग गरेको भन्दै न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलाशले यो आदेश दिएको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ