मुस्लिम सामुदायकले मनाउने ताजिया पर्व सम्पन्न , खेलाडी टिमलाई पुरस्कार वितरण

मुस्लिम सामुदायकले मनाउने ताजिया पर्व सम्पन्न , खेलाडी टिमलाई पुरस्कार वितरण

  • सोमवार, कार्तिक १, २०७३
  • रबिन्द्र यादव

  • 5.7K
    SHARES

कार्तिक १ नवलपरासी ।

मुस्लिम सामुदायको तेस्रो महान पर्व मोहर्रमको अवसरमा नवलपरासीको विभिन्न स्थानमा ताजिया बनाइएको थियो । यश बर्ष जिल्लाको महेशपुर, भुजहवा, पाल्ही, कुश्मा लगायतका स्थानमा बिशाल ताजिया बनाइएको थियोे ।

जसमध्ये सबभन्दा नवलपरासीको महेशपुर मा निर्माण गरिएको थियोे जुन देश मै सबै भन्दा विशाल ताजिया रहेको थियो । जसको क्षेत्रफल करिब एक सय फिट चौडाइ र एक सय पचास फिट अग्लो रहेको थियो ।

मुस्लिम सामुदायको तेस्रो महान पर्व मोहर्रमको अवसरमा ताजिया निर्माण गरिएको सबै स्थानमा मेला लागेको थियो । मेला नवलपरासी जिल्लाको ग्रामीण भेगका विभिन्न ठाउहरुमा बासको ठुलो ठुलो ताजिया बनाई भव्य मेला संचालन गरिएको थियो । मेला अाइतबार सम्म चलेको थियो ।

यस‌ैगरी महेशपुर को विशाल ताजिया मेला एक कार्यक्रमका बिच समापन गरिएको थियो । महेशपुर ताजिया मेला समितिका अध्यक्ष सुनिल पटवा को अध्यक्षता रहेको समापन कार्यक्रममा मधेस युवा उत्थान विकास मंच नवलपरासीका अध्यक्ष धिरज त्रिपाठी प्रमुख अतिथि रहेका थिए ।

मंचका उपाध्यक्ष युवराज मौर्या, भुजहवा मंचका अध्यक्ष अम्मर यादव, दिपु लगायतका उपस्थित रहेको थियो । अाइतबार सम्म संचालित ताजिया मेलामा थकरी, ढाकातास, लाठी भाला, भेडा जुधाउने समेतको खेल प्रतियोगिता भएको थियो । जसको प्रथम हुने टिमलाई प्रमुख अतिथिले एउटा कलर टिवी प्रदान गर्नु भएको थियोे भने ‌दोस्रो हुने टिमले एउटा साइकल हात पार्न सफल भएका थिए भने तेस्रो हुने टिमलाई भित्ते घडी र नगद प्रदान गरिएको थियो ।

kheladi

ताजिया निर्माणका लागि बाँस, रिम, कागज, काटी, तार र गम अावश्यक पर्ने गरेको ताजिया मिस्त्री फरजुल्लाह डफालीले बताएका छन । ताजिया मेलामा नेपाल र छिमेकी राष्ट्र भारत बाट दर्शानार्थीहरुको घुइँचो लाग्ने गरेको हुन्छ ।

हिजरी को पहिलो महिना मोहरर्मुल हराम को १० तारिखका दिन इस्लामकाे संरक्षक मानिने धर्मगुरु हजरत इमाम हुसैनको अाफ्नो घरपरिवार सहित ७२ जनालाई इस्लाम धर्मलाई बचाउनका लागि इराक को बगदाद स्थित करबलामा सहिद भएकाले उनको यादलाई तरोताजा बनाउन ताजिया बनाई दर्शन गर्ने मुस्लिम समुदायको परम्परागत चलन चल्दै अाएको छ केही ले व्रत समेत बस्ने गरेका हुन्छन ।

देशका विभिन्न तराई क्षेत्रमा ठुलो ठुलो बासका ताजिया हिन्दु मुस्लिम दुबै समुदाय मिली बनाउने र मेला संचालन गर्ने गर्दछन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ