मिस इकलेज २०१६ को लागि आवेदन फारम खुल्ला

मिस इकलेज २०१६ को लागि आवेदन फारम खुल्ला

  • आइतवार, अशोज ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं,असोज ३०/ विगत ७ वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडिया प्रा.लि.ले मिस ईकलेज २०१६ को  सातौैं संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ ।
उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २४ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि मिस ईकलेज २०१६”े को आयोजना गर्न लागिएको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तले वताउनु भयो ।
कलेज स्तरका युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको उहा वताउनु हुन्छ ।
विगत ७ वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो सातौ चरणको लागि आवेदन फारम खुल्ला गरिएको हो उक्त कार्यक्रममा   विभिन्न कलेजहरुवाट ३० जना प्रतियोगीहरुलाई  सहभागी गराइने छ । ‘ध्यmभल उभचकयलबष्तिथ भमगअबतष्यल बलम दभबगतथ ’ भन्ने नाराका साथ नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई सहभागी गराइने छ ।
उक्त कार्यक्रमको लागि सहभागीताको लागि मंसिर पहिलो साता सम्म आवेदन फारम सिजन मिडियाको कार्यलय पुतलीसडकमा भर्न सकिनेछ । उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा पौषको द्रोस्रो साता राजधानीमा सम्पर्न हुनेछ ।
प्रतियोगिताका विजेताले “मिस ईकलेज २०१६” कोे ताज उपाधि सहित रु एकलाख ७५ हजार पर्ने स्कुटर र उच्च शिक्षामो छात्रावृत्ति पाउने छिन साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने मोवाइल तथा विभिन्न गिफ्टहयाम्परहरु तथा  छात्रावृत्ति आदि प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनौट गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी