काठमाण्डौ ,२६ असोज ।
हिन्दु नेपालीहरुको महान पर्व वडादशैको एघारौ दिन आज पनि मान्यजनबाट टिका र जमरा लगाई आसिर्वाद थाप्ने क्रम जारी छ ।
दशैको मुख्य दिन हिजो विजयादशमीबाट सुरु भएको टिका र जमरा सहित आसिर्वाद लिने क्रम कोजाग्रत पूणीमासम्म जारी रहन्छ । तर मुलुकका कतिपय स्थान र समुदायमा भने हिजो एकदिनमात्रै टिका जमरा लगाउने प्रचलन रहेको छ ।
पापमा अंकुश लगाउने बिश्वासका साथ आजको दिनलाई पापाङकुश एकादशी पनि भनिन्छ ।
काठमाण्डौ उपत्यकामा पनि आज बिहानैदेखि टिका लगाउन जानेहरुको भिडभाड बढेको छ । यसअघि सुनसान रहेका उपत्यका सहित सहरी क्षेत्रमा हिजो टिका लगाउने क्रम सहित सर्वसाधारणको चहलपहल बढेको छ ।
बजार पसल खुल्नुका सार्थ सडकमा सवारी साधनको चाप पनि बढ्दै गएको ट्रफिक प्रहरीले जनाएका छन् ।
कोजाग्रत पूर्णीमामा जमरा बिसर्जन गरेसँगै दशै सकिन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline