हिन्दु धर्मले भेदभाव गरेको भन्दै २ हजार दलित बौद्ध धर्ममा प्रवेश !

हिन्दु धर्मले भेदभाव गरेको भन्दै २ हजार दलित बौद्ध धर्ममा प्रवेश !

  • बुधबार, अशोज २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

असोज २६ एजेन्सी । हिन्दुहरुको प्रभुत्व रहेको भारतको अहमदावाद सहित विभिन्न ठाउका हजारौ दलितहरु ठूलो समारोहको आयोजना गरी बौद्ध धर्ममा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा दलितमाथि निरन्तर हिशा र दमन भएको भन्दै मंगलबार अहमदावाद, कालोल र सुरेन्द्र नगरमा एक समारोहका बीच उनीहरु बौद्ध धर्ममा समाहित भएका हुन् । एक विद्यार्थी अम्बिका चौहानले बच्चा देखि नै जाति प्रथा कहिले अन्त्य होला भन्ने सोचेको भन्दै अब हिन्द्ु छाडेर बौद्धमा प्रवेश गरे पछि अब समानता मिलेको महसुस भएको टिप्पणी गरेकी छन् ।

गुजरातको वेरावल गाउमा पशुको छाला निकालीरहेका दलितमाथि प्रहरीकै सामुन्नेमा उच्च जातिका मानिसले कुटपिट गरेको भिडियो भाईरल भए पछि विरोध प्रदर्शन शुरु भएको थियो । गुजरात वुद्ध ऐकेडेमीका रमेश बैंकरले बौद्ध धर्म कुनै जाति र धर्म विरुद्ध नरहेको तर यहा प्रवेश गर्ने दलितहरु जाति प्रथा हिन्दु धर्मको भेदभावबाट मुक्ति पाउन प्रवेश गरेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी