आइसीसी विश्वकप क्रिकेटको छनोट चरणमा नेपाल २० रनले विजयी

आइसीसी विश्वकप क्रिकेटको छनोट चरणमा नेपाल २० रनले विजयी

  • मङ्लबार, अशोज २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ ,२५ असोज । आइसीसी विश्वकप क्रिकेट २०१७ को एसीयाली छनौटमा चीनलाई २० रनले पराजित गर्दै नेपालले पहिलो जीत हात पारेको छ ।

यसअघिका दुई खेलमा लगातार पराजित नेपालले आज चीनलाई हराउदै विश्वकप छनौट खेल्ने सम्भावना कायमै राखेको छ । नेपालले तेस्रो खेलबाट २ अंक जोडन सफल भयो तर चीन भने अंक बिहिन छ ।

आजै भएको अर्को खेलमा हङकङलाई १७ रनले हराउदै थाईल्याण्ड ६ अंकमा शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतियोगिता अन्तरगत आफ्नो तेस्रो खेलमा सुधारिएको ब्याटिङ गरेको नेपालले कसिलो बलिङमा गरेको थियो । ९६ रनको लक्ष्य पछ्याएको चीनका ब्याट्सवुमन नेपाली वलर सामु निरिह देखिएका थिए ।

चीनले निर्धा्रित ओभरमा ८ विकेट गुमाएर ७५ रन मात्र जोड्न सक्यो । सीता राना मगर, सरिता मगर र सवनम राइले २–२ तथा इन्दु बर्माले एक विकेट लिईन् ।

यसअघि हङकङको कोउलुन क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धा्रित ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो । ईनिङकै अन्तिम वलमा बोल्ड हुनु अघि नेरी थापाले सर्वा्धिक ३७ रन बनाईन् । ४२ वलको सामना गरेकी नेरीले २ छक्का र २ चौका प्रहार गरिन् ।
यस्तै निर्मला कुमारी शाहीले १४ र ज्योती पाण्डेले १० रन बनाईन् । नेरी थापा र ज्योती पाण्डेले पांचौ विकेटका लागि ३५ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफल तयार पार्न सफल भयो ।
ली यीङ–यीङले ५ विकेट लिईन् । चिनियाँ वलरले १५ रन अतिरिक्त दिएका थिए ।
डवल राउण्ड रोबिनका आधारमा जारी प्रतियोगिता अन्तरगत आफ्नो चौथो खेलमा नेपालले पर्सि हङकङसंग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी