महिला विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाल दोश्रो पटक पराजित

महिला विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाल दोश्रो पटक पराजित

  • सोमवार, अशोज २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं ,२४ असोज ।
आईसीसी महिला विश्वकप २०१७ को एशियाली छनोट खेलमा नेपालले लगातार दोस्रो पराजय ब्यहोरेको छ ।

हङ्गकङ्गको मिसन रोड मैदानमा आज सम्पन्न खेलमा नेपाललाई ३ विकेटले हराउदै थाईल्याण्ड विजयी भएको छ ।

नेपालले दिएको ७७ लक्ष्य थाईल्याण्डले १८ दशमलभ ४ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो ।

नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ७६ रन बनाएको थियो । आजको खेलमा निर्मला कुमारी शाहीको उत्कृष्ट प्रदर्शन गर्दै ३६ रन बनाएर ३ विकेट लिएकी थिईन ।

उनीबाहेक अन्य कुनै पनि खेलाडिले गतिलो प्रदर्शन गर्न नसक्दा जित थाईल्याण्डको पोल्टामा परेको हो । रुविना क्षेत्री नेतृत्वको टोली आफ्नो दोश्रो खेलमा पनि पराजय बेहोरे सँग विश्वकप छनौट हुने सम्भावना कमजोर बनेको छ ।

नेपाली महिला टोलीले हिजो घरेलु टोली हङ्गकङ्ग सँग ६ विकेटको हार बेहोरेको थियो । दुई वर्ष पछि पहिलो अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी भएको टोलीले प्रतियोगीतामा फितलो प्रदर्शन गरेको छ । नेपालले आफ्नो तेश्रो खेलमा भोली चीन सँग प्रतिस्पर्धा गर्नेछ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी