महिला विश्वकप क्रिकेट छनोटमा नेपाल र हङकङ भिड्दै

महिला विश्वकप क्रिकेट छनोटमा नेपाल र हङकङ भिड्दै

  • आइतवार, अशोज २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, असोज २३ ।
आइसीसी महिला विश्वकप क्रिकेटको छनोट खेलमा आज नेपाल र आयोजक हङकङबीच प्रतिस्पर्धा हुदैछ ।

हङकङमा आजबाट सुरु हुन लागेको प्रतियोगिताको पहिलो खेलमा नै नेपालले आयोजकलाई प्रतिद्वन्द्वी पाएको हो ।

पछिल्लो दुई वर्षदेखि कुनैपनि अन्तर्रा्ष्ट्रिय प्रतियोगिता नखेलेको नेपाली टोलीको लागि यो खेल सहज भने छैन ।

एसियाली क्षेत्रको छनोटमा नेपालले आयोजक हङकङसँगै चीन र थाइल्यान्डसँग खेल्नुपर्नेछ । समूहका प्रत्येक टोलीले एक–अर्कासँग दुईरदुईओटा खेल खेल्नेछन् ।

यो समूहबाट पहिलो हुनेले सन् २०१७ मा आयोजना हुने महिला विश्वकपको अन्तिम छनोट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

रुविना क्षेत्रीको कप्तानीमा रहेको १८ सदस्यीय नेपाली टोलीले प्रारम्भिक चरणको यो छनोट पार गर्ने विश्वास लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी