परदेशीको दशैं केवल पात्रोमा आयो !

परदेशीको दशैं केवल पात्रोमा आयो !

  • आइतवार, अशोज २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

गरिबी, अभाव र बेरोजगारीको कारणले घर छोडेर बिदेशीनु पर्ने हामी नेपाली को तितो यथार्थ जुन छ यसलाई हामी नेपालीको बिडम्वना नै भन्नु पर्दछ ।
स्वदेशमा रोजगारीको अबसर नपाए पछी रोजिरोटिको खोजिमा सुनौलो सपना बुन्दै खाडिको तातो घाममा तप तप पसिना चुहाउन बाध्य भएका छौ हामी नेपाली ।
राजनीतिक अस्थिरता ,लामो समय सम्म को द्वन्द र राज्यको मुखदर्सक्ताले आज हामीलाई घर परिवार छोडेर बिदेशीन बाध्य पारेको छ यो यथार्थ हो ।
चाहेर होस या नचाहेरै आफू र आफ्नो परिवारको दैनिकी गुजरा चलाउन अनि सन्तानको सुन्दर भबिस्य बनाउन भनी आज लाखौ युवा युवती आफ्नो उमेर र जवानी बिदेशी भुमिमा बेच्न बाध्य भयका छौ । हो, आज अरबको मरुभूमि हरियाली बनाउदै छौ हामी तर दुस्खद कुरा त हाम्रो आफ्नै उर्बर भुमीमा चाही सुख्खा लगेको छ आज वर्षा याममा पनि चैत को खडेरी जस्तै सुख्खा ।
मनका हजारौं रहर चाहाना र आकाक्षा लाई मारेर आफ्नो मौलिकता ,सस्कति ,चाडपर्व अनि रितिरिवाज लाई समेत चाहेर पनि मान्न अनि रमाउन नपाउनु साच्चै यहाँ भन्दा ठुलो बिडम्बना के रहला हामी नेपाली को लागि …?
सुख ,दुःख जे जस्तै भए नी आफ्ना परिवार सङ साटासाट गर्दै मीठो नमिठो सगैं बसेर खाने ,पारिवारिक भेटघाट गर्न अनि रम्ने र रमाउने दिन साच्चै कहिले आउला सम्पुर्ण नेपाली को …?

यतिखेर नेपाली हिन्दु धर्मावलम्बी हरुको सबैभन्दा ठुलो चाड बडा दसै स्वदेशमा भित्री सकेको छ । मान्यजन को आशीर्वाद लिदै रातो टीका प्रसाद अनि जमरा लगाइ हासो खुशी बाढ्ने दिन को रौनक छाहिरहदा बिदेशी भुमिमा बाध्यता बस गुलाम बन्न पुगेका हामी जस्ता लाखौ नेपाली को भने उही दिनचर्या उही काम उही अवस्था ।

  sushan
हाम्रा लागि दसै आयो त केबल सामाजिक संजालमा अनि समाचारमा र पात्रोमा आयो । न कम्पनीको छुट्टि न साथिभाइ स‘ग को रमाइलो ,न सेल रोटी ,न लिङ्गे पिङ, न निधारमा टीका हाम्रो न कानमा जमरा ,न बुबा आमाको आशीर्वाद उहीँ काम, उहीँ तनाव, उहीँ एक्लो पन बिगत सम्झेर टोलाउनु अनि तिनै बिगतका तस्वीर हेरेर मन बुझाउनु को कुनै विकल्प रहेन य‘हँ ।
बिरानो देश ,अनौठो भासा सस्कृति ,छुट्टै रहन सहन कस्ले बुझिदिने हाम्रो मर्म ..? बिहानै उठ्यो काचो होस या कचिलो पाकेको होस या काक्चै होस दुई गाँस टपक्क टिप्यो अनि लाग्यो फेरी त्यहिकाममा । दिन भरि कामामा मालिक को गाली कामको चाप र थकान शरीर लियर साझ लखतरान भयर कोठामा फर्क्यो अनि फेरी आफैले केहि बनायो मन नमान्दा नमान्दै दुई गाँस खायो अनि पल्टियो त्यही बिस्तारामा ।
निन्द्रा त कहा आउछ र सुते पनि बिगतको याद ले सताइ रहन्छ यो रमझम ती साथीसङ्गी ती नातेदार र आफन्तको सम्झनाले कोल्टे फर्दै उज्यालो भएको पत्तै हुदैन साच्चै ती दिनहरु बिछोडको पिडामा सम्झी रहदा कुन चै परदेसिको मन थिर मा रहला र ?
युद्ध मैदानमा होमिएको सिपाही झै नथाकिकन निरन्तर संघर्ष गर्नुपर्ने अनि अनेकौ सपना लाई बुन्दै अहोरात्र गुलामि गर्नुपर्ने हामी तमाम बिदेशीयका नेपाली को कथा ब्यथ एउटै रहेको छ भलै पात्र फरक रहलान ।स्वदेशमा चाडपर्व को रौनक बढ्दै जादा हामी खाडीमा गाडियका नेपालीको मन भने साच्चै छियाछिया भयको छ ।
अनि जतिसुकै पीडा र दुख भयनी हासी हासी घर देशमा रहेका आफन्त लाई भन्नै पर्न रहेछ यहाँ सबै राम्रो छ मेरो केहि चिन्ता लिनु पर्दैन राम्रो सङ चाडपर्व मनाउनु तर कठै यहाँ तप्प तप्प पसिना सङ्गै चुहियर बगेका आँसु त कस्ले देख्छ र जुन खस्न नपाइ बालुवामा बिलाइ सकेको हुन्छ ।
हो त्यसैले हामी बिदेशी भुमिमा गुलाम बन्न आयका लाखौ लाख नेपाली हरुका लागि दसै तिहार जस्ता महान पर्व केबल सम्झना मै सिमित बनेका छन् ।

हालः युएईबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी