पूर्वमन्त्री घिमिरेका भाइको शवको अवशेष भेटियो

पूर्वमन्त्री घिमिरेका भाइको शवको अवशेष भेटियो

  • शनिबार, अशोज २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

चीतवन , २२ असोज । दुई साताअघि चितवनको दारेचोकस्थित घोप्टेभीरबाट गाडीसहित वेपत्ता पूर्वगृहमन्त्री माधव घिमिरेका भाइ मोहनको शव आज बिहान फेला परेको छ ।

तनहुँको देवघाट ४ बगहीस्थित त्रिशुली किनारमा आज बिहान पूर्वमन्त्री माधवका वेपत्ता दुई भाईमध्ये मोहन घिमिरेको शव भेटिएको जिल्ला प्रहरी चितवनका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो ।

त्रिशुली किनारमा शव देखेर स्थानीय माझीले प्रहरीलाई खबर गरेपछि गएको जिल्ला प्रहरी चितवनका प्रमुख वसन्त कुँवर नेतृत्वको प्रहरी टोलीले शव साथै भेटिएको परिचय पत्र र लाइसेन्सका आधारमा शव मोहनको भएको पुष्टी गरेको हो ।

अहिले शव फेला परेको स्थानमा जिल्ला प्रहरी तनहुँको टोलीले मुचुल्का उठाउने काम गरिरहेको डिएसपी श्रेष्ठले बताउनु भयो ।

असोज ९ गते मुक्तिनाथ दर्शन गरेर फर्कने क्रममा घिमिरे परिवार सवार गाडी घोप्टेभीरबाट त्रिशुलीमा खसेर बेपत्ता भएको थियो ।
घिमिरेकी आमासहित ३ को घटनास्थलमा मृत्यु भएको भएको थियो ।
पूर्वमुख्य सचिव समेत रहेका घिमिरे र उहाका दुई भाइ त्रिशुलीमा बेपत्ता थिए । एकसाता सम्म प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले खोजी गरेको थियो । घिमिरे र अर्का एक भाई अझै वेपत्ता छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ