विश्वकप छनौटमा फ्रान्स, नेदरल्यान्ड्स, पोर्चुगल र बेल्जियम विजयी

विश्वकप छनौटमा फ्रान्स, नेदरल्यान्ड्स, पोर्चुगल र बेल्जियम विजयी

  • शनिबार, अशोज २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, असोज २२ ।

विश्वकप छनोट फुटबल अन्तर्गत् युरोपेली समूहका खेलहरुमा फ्रान्स, नेदरल्यान्ड्स, पोर्चुगल र बेल्जियम विजयी भएका छन् ।

समूह ‘ए’को खेलमा फ्रान्सले बुल्गेरियालाई ४–१ ले हराएको छ । यहि समुहको अर्को खेलमा बेलारुसलाई ४–१ ले नै पराजित गर्दै नेदरल्यान्ड्स विजयी भयो भने स्वीडेनले लक्जेम्बर्गलाई १–० ले हरायो ।

यस्तै, समूह ‘बी’को खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले एन्डोरालाई ६–० ले हराएको छ । आफ्नै राष्ट्रमा भएको खेलमा पोर्चुगलका लागि क्रिश्चियानो रोनाल्डोले चार गोल गर्दा आन्द्रे सिल्भा र हुँवा कान्सेलोले एक–एक गोल थपे ।

यही समूहका अरु खेलहरुमा स्वीट्जरल्यान्डले हंगेरीलाई ३–२ ले तथा फारो आइल्यान्डले लात्भियालाई २–० ले हराएका छन् ।

यसैगरी, समूह ‘एच’को खेलमा बेल्जियमले बोस्निया हर्जगोभिनालाई ४–० ले र इस्टोनियाले जिब्रल्टारलाई पनि ४–० ले नै हराएको छ । ग्रीसले साइप्रसलाई २–० ले पराजित गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी